युवामैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

युवामैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, साउन २८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले युवामैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा जुट्न आह्वान गर्नुभएको छ ।

अन्तर्रा्ष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा बोल्ःदै युवालाई मुलुकको समाजिक र आर्थिक विकासमा परिचालन गर्नुपनमा जोड गर्नुभयो ।

देशको प्राकृतिक स्रोत र सम्पदाको पहिचान गर्दै युवाको भूमिकालाई प्रभावकारी बनाउन सके छोटो अवधिमै मुलुकलाई रुपान्तरण गर्न सकिने राष्ट्रपति भण्डारीको भनाई छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्ने युवाहरुलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको थियो । सम्माननीत हुनेहरुमा सीताराम कट्टेल र कुञ्जना घिमिरे, बागमती सरसफाईका अभियन्ता डा. राज अधिकारी, शिव परियारलगायत छन् ।

यसैबीच अन्तर्रा्ष्ट्रिय युवा दिवसको अवसर पारेर उपत्यका सहित देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । आज बिहान राजधानीको भृकुटीमण्डप तथा ललितपुरको मंगलबजारमा प्रभातफेरी र्र याली निकालिएको थियो ।

सन् १९९९ मा संयुक्त राष्ट्र संघको ५४ औं साधारणसभाले अगष्ट १२ लाई अन्तर्रा्ष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरन्जनात्मक कार्यक्रम गरी सन् २००० देखि नियमित रुपमा विश्व युवा दिवस मनाई आएके छ ।

दिवसको यस वर्षको नारा गरीबी उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिभरता भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षसम्मको उमेर समुहलाई युवा मानेको छ । नेपालको सन्दार्भमा भने १६ देखि ४० वर्षसम्मको व्यक्तिलाई युवा भनी परिभाषित गरिएको छ ।
२०६८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मका युवा समुहको संख्य ४० दशमलव ३५ प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ