काठमाडौ २८ साउन ।
आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसको यस वर्षको नारा गरीबी उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिभरता भन्ने तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षसम्मको उमेर समुहलाई युवा मानेको छ । नेपालको सन्दार्भमा भने १६ देखि ४० वर्षसम्मको व्यक्तिलाई युवा भनी परिभाषित गरिएको छ ।
दिवसका अवसरमा आज बिहान राजधानीको भृकुटीमण्डप बाट प्रभातफेरि निकालिएको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा आज दिउँसो प्रज्ञा भवनमा हुने कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले आजै १० जना युवा खेलाडी तथा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १० जना युवालाई जनाही एक लाखका दरले सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्त चुडामणी पौडेलले जानकरी दिनुभयो ।
२०६८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मका युवा समुहको संख्य ४० दशमलव ३५ प्रतिशत रहेको छ ।