सुशासनतिर आजैदेखि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

सुशासनतिर आजैदेखि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, साउन २७ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीहरुलाई आजैदेखि सुशासनतिर कदम चाल्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रको १४औं वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सार्वजनिक निकायहरुबाट नागरिकलाई प्रदान गरिने सेवा इमान्दार र उत्तरदायित्वपूर्ण हुनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीले सतर्कता केन्द्रसँग स्रोत–साधन र दक्ष जनशक्तिको अभाव रहेको भन्दै केन्द्रलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिवेदनमा राष्ट्रियगौरव र अन्य आयोजना गरी २१ ओटा, अरु निकायबाट अख्तियारी प्राप्त भएका १६ ओटा आयोजनाहरुको प्राविधिक परीक्षण सम्पन्न भएको उल्लेख छ ।

त्यस्तै, उजुरी व्यवस्थापनतर्फ चालु आर्थिक वर्षमा ७७२ ओटा उजुरीहरु फछ्र्यौट गरिएको र गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका ५३६ गरी एक हजार तीन सय आठ उजुरी रहेकोमा ६ सय ८६ ओटा उजुरीहरु फछ्र्यौट गरिएको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ