२७श्रावण, ताप्लेजुङ।
साँबा ९ निवासीदिपक साँबा लिम्बूको १५ वर्षीय छोरा दिवश लिम्बूलाई ताप्लेजुङको मिक्वा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
श्रावण २६ गते मध्यन्न १२ बजे, मिक्वा खोलामा बल्छि खेल्ने क्रममा दिवशलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । घरबाट बिहान ९ बजे बल्छि खेल्नको लागि मिक्वा खोलामा गएका दिवश राती अबेर सम्म घर नआएपछि मात्र खोजी कार्य थालेपछि खोलाले बगाएको थाहा भएको हो ।
नाल्बु र साँबाको बिचमा पर्ने अई तरंबाभन्ने स्थानबाट खोलाले बगाएको, सो स्थानबाट बल्छि र केहि माच्छा र बेपत्ता दिवशको जुत्ता (गम्बुट) आजबिहान७ बजे खोज्ने क्रममा फेला परेको छ ।
बेपत्ता बालकको खोजी कार्य अहिले भईरहेको छ । ताप्लेजुङको लिङिखममा तावा खोलाले बगाएर दुईदिन अघिमा एक बालिकालाई स्कुलजाने क्रममा बगाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline