काठमाडौं, साउन २७ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलले दलगत स्वार्थ छाडेर राष्ट्रिय हितमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको आज आफ्नै सरकारी निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक शक्ति एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो ।
अहिले मुलुकका लागि भाषणभन्दा पनि आर्थिक बहस जरुरी भएको भन्दै दाहालले भाषण गर्न छाडेर कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाले राष्ट्रिय मुद्धामा सबै दल एक भएर मुलुकलाई निकास दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।
मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारीले विगतका सरकारले मुस्लिम समुदायका माग सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरानु भएको थियो ।
यस्तै हज गर्न जाने मुस्लिम समुदायको कोटा बढाउन माग गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline