थरुहटको आन्दालन एक वर्ष पुरा हुँदा पनि माग संबोधन हुन सकेन

थरुहटको आन्दालन एक वर्ष पुरा हुँदा पनि माग संबोधन हुन सकेन

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, श्रावण २७।
थरुहट स्वायत्त प्रदेशको माग गर्दै पश्चिम तराईमा सुरु गरिएको आन्दोलनको आज एक बर्ष पुरा भएको छ । आन्दोलनले एक वर्ष पुरा गर्दा समेत उनीहरुको माग सम्बोधन हुन सकेको छैन ।

आन्दोलनको एक बर्ष पुगेको अवसरमा आन्दोलनकारी दल तथा समुहले आज काठमाडौं सहित पश्चिम तराईका बिभिन्न जिल्ला सदरमुकाममा सभा गर्दैछ ।

थरुहट–थारुवान संयुक्त संघर्ष समितिको अगुवाईमा हुने कार्यक्रम अपरान्ह एक बजे हुने नेता किशोर बिश्वासले जानकारी दिनुभयो ।

संघीय गठबन्धनसँग तीन बुँदे सम्झौता गर्दै बर्तमान सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु गर्दा समेत थारु समुदायलाई भने उपेक्षा गरिएको भन्दै थारु अगुवाहरुले असन्तुष्टि जनाएका छन् ।

थरुहट स्वायत्त प्रदेश र संविधानमा आदिवासी अधिकारको ग्यारेन्टी माग गर्दै बिभिन्न राजनीतिक दल तथा पश्चिम तराईमा क्रियाशील संघसंगठनले गत साउन २७ गतेबाट आन्दोलन सुरु गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ