भक्तपुर, २६ साउन ।
नेकपा माआबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केपी ओली सरकारको नेतृत्वमा भएका महत्वपूर्ण आयोजना तथा नीति कार्यक्रमलाई वर्तमान सरकारले पूर्णता दिने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले ओली प्रधानमन्त्री हुँदा उनले एक्लै नीति तथा योजना र कार्यक्रम नल्याएको र माओबादीसँग छलफल गरेर ल्याएकाले राम्रो नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरा दिने बताउनु भयो ।
भुषालले शान्ति प्रक्रियाको बिषयलाई सम्बोधन गर्ने, पुनर्निर्माणको कामलाई तिव्रता दिन, मधेश आन्दोलनलाई सम्बोधन गर्न र संबिधानको कार्यान्वयन गर्दै तीन तहको निर्वाचन गर्ने सरकारको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।
सिमांकनको बिषय वार्ता संवादमा रहेको र यसलाई सकारात्मक रुपमा लिएर सम्बोधनको प्रयास रहेको उहाँको भनाई छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित रहेको भन्दै उक्त आगमनको तयारीका लागि बिभिन्न छलफल जारी रहेको भुसालले बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिको आगमन रोक्न नयाँ सरकारको गठन भएको भन्ने हल्ला भएको भन्दै समयले यो बिषयलाई प्रष्टाउने समेत दाबी गर्नु भयो ।