काठमाण्डौ, २५ साउन ।
क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा इन्द्र राउत चयन हुनुभएको छ । काठमाण्डौंमा भएको क्रान्तिकारी पत्रकार महासंघको भेलाले राउतको नेतृत्वमा ५० सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
त्यस्तै महासंघको उपाध्यक्षमा नारायण पंगेनी, महासचिवमा केशरमणी कटुवाल, सचिवमा रामकुमार श्रेष्ठ र कोषाअध्यक्षमा अनिरमैया रञ्जितकार चयन भएका छन ।
सम्मेलनबाट तीनवटा समितिहरु गठन गरिएको महासंघले जनाएको छ । जस अन्तर्गत् अनुशासन समिति संयोजक कुमार शाह, प्रशिक्षण समिति संयोजकमा टेकबहादुर मास्के, लेखा समित संयोजकको रूपमा जयन्ती लुईटेललाई जिम्मेवारी तोकिएको महासंघले जनाएको छ।
सम्मेलनको समापनपछि बसेको पहिलो बैठकले क्रान्तिकारी पत्रकार महासंघको सल्लाहकारमा गोर्की श्रेष्ठ, रामचन्द्र हुमागाईं, कुमार शाह, जयन्ती लुइटेल, टेकबहादुर मास्कीलाई थप गरेको छ भने महासंघको कार्यालय सदस्यमा सचिर महर्जन र लोकराज जैसीलाई मनोनित गरेको छ।
बैठकले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका सञ्चारमाध्यमको संवद्र्धन, जनपक्षीय पत्रकारिताको पक्षमा खरो रुपमा उत्रने निर्णय गरेको छ।उक्त भेलाको उद्घाटन माओवादी अध्यक्ष मोहन वैद्यले गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline