काठमाडौ २६ साउन ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट सबै भन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लामा अबको एक महिना भित्र सबै भूकम्प पिडितलाई पहिलो किस्ताको अनुदान वितरण गरिसक्ने जनाएको छ ।
जिल्लामा सबै पिडितहरुले अनुदानको पहिलो किस्ता बापतको रकम पाउने प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले जानकारी दिनुभयो । पहिलो किस्ताको रकमका लागि हालसम्म जिल्लाका पाँच लाख ३३ हजार भूकम्प पिडितको पक्रिया पूरा भएको छ ।
सरकार परिवर्त भएलगत्तै तयार पारिएको वार्षिक योजना बमोजिम पुनरनिर्माणको काम पनि अघि बढाइसकेको ज्ञावालीले बताउनु भयो ।
सिन्धुपाल्चोक जिल्लामा पछिल्लो १५ महिनामा ५८ हजार ८ सय ७५ पिडितसँग राहत रकमका लागि अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।
जसमध्ये ३ हजार दुई सय १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ रकम समेत प्राप्त गरिसकेका छन् ।