पहिरोका कारण खोटाङ र ईलामका ५९ घर जोखिममा

पहिरोका कारण खोटाङ र ईलामका ५९ घर जोखिममा

  • मङ्लबार, साउन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

खोटाङ, २५ साउन ।

खोटाङको हात्तीसुँढे भिरबाट पहिरो खस्न थालेपछि उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तीसुँढे भिर फाटेर पहिरो झर्न थालेपछि दम्दीका स्थानीयबासी चिन्तित बनेका हुन् ।

मानव बस्तीभन्दा करिब एक किलोमिटर माथि रहेको ठूलो ढुङ्गासहितको ढिस्को खस्ने अवस्थामा रहेको स्थानीयले बताएका छन् । १९९० सालको भूकम्पका कारण एक फुट फाटेको भिर बर्षेनी फाट्दै गएको र अहिले चार मिटरभन्दा बढी फाटिसकेको जनाईएको छ ।

वर्षा सुरु भएपछि कतिपय स्थानीयले घर छाडेर हिडेका छन् भने कतिपय दिनमा घरमा आउने र राति अन्यत्रै बस्ने गरेको त्यहाबाट हाम्रा सहर्मीले जनाएका छन् ।

यसैबीच, एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन् ।

जिर्मले–५ को ठूलो खोलाको पहिरोले ६ परिवार विस्थापित भएका छन् । पहिरोको बीचबाट मूल फुटेर पानी बगिरहेको स्थानीय गोविन्द पौडेलले जानकारी दिनुभयो ।

पहिरोबाट थप ८ परिवार उच्च जोखिममा छन् । इरौटार–३ मा गएको पहिरोले तीन परिवार बिस्थापित भएका छन् । इरौटारको पहिरोबाट पनि लेदो निस्किरहेको छ ।

पहिरो गएको आसपास र माथिल्लो क्षेत्र पनि चिरा परेकाले पहिरो पुन जाने सम्भावना रहेको स्थानियबासीले बताइएका छन् । विस्थापित परिवार आफन्तकामा शरण लिएर बसेका छन् ।

पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले स्थलगत अनुगमन गरेर पहिरो आसपासमा नबस्न आह्वान समेत गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ