पोखरा , २५ साउन ।
फेवातालमा डुङ्गा पल्टिदा बेपत्ता भएका प्रतिक श्रेष्ठ र एलिन केसीको खोजिकार्य आज पनि बिहानै देखि जारी छ ।
हिजो अपरान्हबाट बेपत्ता भएका उनीहरु साँझसम्म फेला नपरेपछि आज विहानैदेखी पुन खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक र बसुन्धराका २३ वर्षीय एलिनको खोजीमा सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित स्थानीय माझीको टोली परिचालन भएके छ ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्रचार्यका अनुसार डुङ्गा पल्टिएको ठाउँलाई केन्द्रमा राखेर नजिकका क्षेत्र तथा तालको तल्लो क्षेत्रमा खोजी भइरहेको छ ।
बेपत्ता भएका प्रतिक केही दिनअघि जापानबाट नेपाल आएका हुन् भने एलिन पनि केही दिनअघी मात्र अष्टे्रलियाबाट आएका हुन् ।
अष्ट्रेलियाबाट आएका एलिन र जापानबाट आएका प्रतिकसहित ७ जनाको टोली काठमाडौंबाट घुम्नका लागि पोखरा पुगेको थियो । डुङ्गा पल्टिदा डुवेका अन्य ६ जनाको भने सकुशल उद्धार गरिएको थियो ।
उद्धार गरिएका मध्ये पाँच जनाको गण्डकी मेडिकल कलेजमा र एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।