धादिङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धादिङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • मङ्लबार, साउन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २५ साउन ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनीघाट–९ मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनका लागि छुटेको ना ५ ख ७२७८ नम्बरको माइक्रोबसले मुग्लिन तर्फ जाँदै गरेको बा ७३ प ८६९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक स्याङ्जाका २४ वर्षीय सोनम केसी र मोटरसाइकल पछाडि सवार गुल्मीका २५ वर्षीय विकास अर्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

केसीको घटनास्थलमै र अर्यालकोे उपचारका क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ