काठमाडौं ,२५ साउन ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकसँग अहिलेसम्म पुनर्निर्माणमा भईरहेको प्रगति र कार्ययोजनाबारेको विवरण माग गर्नुभएको छ ।
अर्थमन्त्री महराले आज विहान प्राधिकरणका बर्तमान कार्यकारी प्रमुख सुशील ज्ञवालीसँग छलफल गरी पुनर्निर्माणमा भएको प्रगति र कार्ययोजनाबारे कार्यविवरण माग गर्नुभएको हो ।
ज्ञवालीसँको छलफलमा मन्त्री महराले सीईओ नियुक्ती राजनीतिक बिषय भएकाले कार्ययोजना हेरेर सोही अनुसार आगामी निर्णय गरिने बताउनुभएको छ ।
पुनर्निर्माणको कामप्रति असन्तुष्टि जनाउँदै आएको कांग्रेस–माओवादी केन्द्र गठबन्धनले कार्यकारी प्रमुख नै परिवर्तनको तयारी गरको चर्चा चलेसँगै महराले आज ज्ञवालीसँग छलफल गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र पुर्न्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखमा नयाँ ल्याउने तयारी भईरहेको माओवादी केन्द्र श्रोतले जनाएको छ । योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले भने पदबाट हिजो नै राजिनामा दिईसक्नुभएको छ ।
यसअघि सीईओ ज्ञवाललीले प्रधानमन्त्री पुष्पकमल दाहालसँगपनि पुनर्निर्माण कार्ययोजनाबारे छलफल गरिसक्नु भएको थियो । ज्ञवालीको नियुक्ती प्रक्रिया देखि नै कांग्रेसले आपत्ति जनाउदै आएको थियो ।
अघिल्लो सरकारको पालामा कांग्रेसले पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन तथा पीडितलाई एक मुष्ट दुई लाख रुपैयाँको माग गर्दै ६ दिन संसद अवरुद्ध गरेको थियो ।
भूकम्प पछिको पुननिर्माणलाई गति दिन र पीडितलाई दिने राहत रकम प्रभावकारी बनाउन भन्दै प्राधिकरणका कार्यकारी प्रमुख परिवर्तन रिकारको तयारी छ ।
योजना आयोगका उपाध्यक्ष र प्राधिकरणका कार्यकारी प्रमुखको नयाँ नियुक्तीका सम्वन्धमा अर्थमन्त्री कृष्णवहादुर महराले विभिन्न चरणमा छलफल गरिरहनुभएको छ ।
विनासकारी भूकम्प गएको १६ महिना बित्न लाग्दा समेत पुर्न्निर्माणमा उल्लेख्यि काम हुन सकेको छैन ।