थाइल्याण्डमा जनमत संग्रहका लागि मतदान हुँदै

थाइल्याण्डमा जनमत संग्रहका लागि मतदान हुँदै

  • आइतवार, साउन २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी,साउन २३ ।
थाइल्याण्डमा आज संविधान माथिको जनताको सल्लाह लिन जनमत संग्रहका लागि मतदान हुँदैछ । जनमत संग्रह मतदानमा चार करोड मानिसले भाग लिन पाउने जनाइएको छ ।

सन् २०१४ मा महिनौं लामो राजनीतिक अस्थिरता अन्त्य गर्दै राजनीतिक शक्ति हातमा लिएको सेनाले बनाएको संविधानमाथि जनताको राय लिन जनमत संग्रह गर्न लागिएको हो ।

जनमत संग्रहमार्फत् संविधान पारित भएमा पूर्ण प्रजातन्त्र बहालीका लागि महत्वपूर्ण कदम चालिने सेना नियन्त्रित सरकारले जनाएको छ ।

विपक्षीले भने चुनावी अभियानमै कडाई गरिएकाले निर्वाचन निष्पक्ष हुन नसक्ने जनाएको छ । अधिकारवादीहरुले पनि जनमत संग्रह सम्बन्धि ऐनका प्रावधानहरु अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको जनाएका छन् ।

यो ऐन उल्लंघन गरेको नाममा १७ जनालाई दश वर्षको जेल सजाय तोकिएको विविसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ