आइएसका सिनाई इकाई प्रमुख सहित ४५ जना मारिए

आइएसका सिनाई इकाई प्रमुख सहित ४५ जना मारिए

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी २१ साउन ।
इजिप्टको सेनाले गरेको कारवाहीमा इस्लामिक स्टेट आइएसका सिनाई इकाई प्रमुख सहित ४५ जना भन्दा बढीको मृत्यु भएको छ ।

इजिप्टका सेना प्रमुखले आइएसको गढ मानिने अल–अरिस शहर नजिक गरिएको हवाई आक्रमणमा उनीहरु मारिएको बताएका छन् ।

आइएसको सिनाई इकाईमाथि सेनाले गरेको कारबाहीमा इकाइका प्रमुख अबु दुआ अल–अन्सार सहित अन्य ४५ जना मारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

सिनाई इकाई इजिप्टको सबैभन्दा बढी सक्रिय चरमपन्थी गुट मानिँदै आएको छ । उसले विभिन्न आक्रमण गर्दै आएको छ ।

सेनाले हवाई आक्रमणमा चरमपन्थी समूहका अन्य धेरै घाइते भएको र ठूलो संख्यामा हतियार नष्ट भएको दाबी गरेको छ । घटनाका बारेमा सो समूहले कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी