एजेन्सी १८ साउन ।
इस्लामिक अतिबादी संगठन आईएसको पकड रहेको लिबियाको सिर्त शहरमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ ।
लिबियाको बन्दरगाह रहेको सिर्त शहरमा गरिएको उक्त आक्रमणमा थुप्रै आइएस कार्यकर्ता मारिएको र उक्त क्षेत्र क्षत विक्षत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
पेन्टागनका अनुसार संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकारको आग्रहमा आइएस विरुद्ध हवाई आक्रमण सुरु गरेको हो ।
अमेरिकाले लिबियाको संयुक्त सरकारसँग मिलेर आइएस बिरुद्ध कारबाही अभियान चलाएको यो पहिलो पटक हो ।
पछिल्लो समय आईएसको आक्रमणका कारण लिबियामा थुपैै्र मारिएका छन् भने हजरौं विस्थापित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline