यूरोपको एनआरएन सम्मेलन शुरु

यूरोपको एनआरएन सम्मेलन शुरु

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

साउन १५, डेनमार्क । ‘युरोपका नेपालीका अभियानः लगानी, पुनर्निर्माण र पर्यटन’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ यूरोप क्षेत्रको नवौं क्षेत्रीय बैठक र सातौं महिला सम्मेलन डेनमार्कको राजधानी कोपेनहेगनमा सुरु भएको छ ।

कार्यक्रममा स्वेदशमा लगानी भित्र्याउने र प्रवासमा रहेका नेपालीहरु बीचको समस्या, आपसी एकता र सद्भभाव विषयमा छलफल केन्द्रित रहेको छ ।

सम्मेलनको उद्घाटन क्रमममा अध्यक्ष शेष घलेले एनआरएन स्थापनाको झन्डै १३ वर्षको अवधिमा थुप्रै कार्यहरु गरेको बताउदै नेपालको आर्थिक समृद्वीको लागि केन्द्रित हुनु पर्ने बताउनु भयो ।

उहॉले नेपालमा लगानीका थुप्रै अवसर भएको र ती अवसर अरुले पनि लिन सक्ने उल्लेख गर्दै सबै मिलेर अवसरको सदुपयोग गर्न आग्रह गर्नु भयो ।

सस्थाका संस्थापक अध्यक्ष अध्यक्ष उपेन्द्र महतोले संस्थालाई राजनीति गर्नेहरुबाट जोगानु पर्ने बताउँदै सस्थाको सफलता नाप्ने यन्त्र भनेको हामी एक अर्कासँग कति जिस्कन सक्छौं, कति हाँसेर कुरा गर्न सक्छौ, कति मिलेर कुरा गर्न सक्छौं त्यसमा भर पर्ने बताउनु भयो ।

पूर्वअध्यक्ष एंव सल्लाहकार जीवा लामिछानेले एनआरएनले वाचा गरेका सबै कार्य पुरा गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी नेपाल उघोग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, व्यवसायी चन्डी ढकालले नेपालमा लगानी गर्नको लागि अवसर र वातावरण रहेको बताउनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्षद्वय कुमार पन्त, भवन भट्ट, सचिव अर्जुनकुमार श्रेष्ठ, राम थापा लगायत युरोपेली मुलुकमा रहेका २७ राष्ट्रिय समन्यव परिषद मध्ये करिव २० समन्वय परिषदबाट २०० भन्दा बढी सदस्यहरु सहभागी भएको आयोजकले जनाएका छन् ।

सम्मेलनका क्रममा युरोपेली मुलुकमा स्थापित राष्ट्रिय समन्वय परिषदका गतिबिधि, नेपालीहरु बीचमा रहेका साझा समस्या र चुनौतीहरु, भूकम्प पछिको पुनर्निर्माणमा एनआरएनको भूमिका, स्वेदशमा लगानीका साथै विदेशमा सिकेको सिप र ज्ञानलाइ भित्राउने जस्ता विषयहरुमा छलफल गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी