टर्कीमा राष्ट्रपतिको अपमान गरेको आरोपमा दायर भएका दुई हजार मुद्धा फिर्ता

टर्कीमा राष्ट्रपतिको अपमान गरेको आरोपमा दायर भएका दुई हजार मुद्धा फिर्ता

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी १५ साउन ।  

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा गर्नु भएको छ ।

असफल कु प्रयासका क्रममा मारिएकाहरुको सम्झनामा राजधानी अंकारामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सदभाव स्वरुप यो मुद्दा फिर्ता लिएको घोषणा गर्नु भएको हो ।

पछिल्ला दुई वर्षमा टर्कीमा राष्ट्रपतिको अवहेलना गरेको नाममा दुई हजार मुद्दा दायर गरिएको थियो । कार्यक्रममा एर्दोगानले अमेरिका र यूरोपीयन सरकारविरुद्ध पनि कडा प्रतिक्रिया दिनु भएको छ ।

टर्कीको लोकतन्त्रको सट्टा सत्ता कब्जा गर्नेप्रति चिन्ता व्यक्त गर्नेहरु कहिल्यै टर्कीको मित्र हुन नसक्ने उहाँको भनाई थियो ।

राष्ट्रपति अदोगानले सत्ता कब्जाको षडयन्त्रमा एक अमेरिकी कमाण्डरको सहयोग रहेकमे आरोप समेत लगाउनु भएको छ । अमेरिकाले भने यस आरोपको खण्डन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी