इन्डोनेसियामा लागुऔषधको आरोपमा चार जनालाई मृत्युदण्ड

इन्डोनेसियामा लागुऔषधको आरोपमा चार जनालाई मृत्युदण्ड

स्थानीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको एमनेष्टीको भनाई

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी साउन १४।
इन्डोनेसियामा लागू औषध तस्करीमा संलग्न रहेको भन्दै चार जनालाई मृत्युदण्ड दिइएको छ ।

मृत्युदण्ड पाउनेमा एक इन्डोनेसियाली र तीन जना नाइजेरियाली रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लागू औषध तस्करीकै आरोपमा अन्य १० जना जेल मै छन् । उनीहरुलाई पनि मृत्युदण्डको सजाय दिने वा नदिनेबारे भने बारे केही नखुलाइएको विविसीले जनाएको छ । उनीहरु इन्डोनेशिया, जिम्बाबे,नाईजेरिया,भारत र पाकिस्तानका नागरिकहहरु रहेका छन् ।

यसैबीच मानवअधिकारवादी संस्था एमनेस्टि इन्टरनेसनलले इन्डोनेसियाले स्थानीय र अन्तराष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको छ ।

ईन्डोनेशियाका सह महान्यायाधीवक्ता नुर रासम्याडले मृत्युदण्डको घटना सुखद नभएपनि कानुन कार्यान्वयनका लागि त्यो आवश्यक भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले लागूपदार्थ सम्बन्धि अपराध अन्त्यका लागि मात्रै दोषीलाई मृत्युदण्ड दिईएको भन्दै बाँकी दोषीको सजायँ पनि चरणबद्ध रुपमा कार्यान्वयन गरिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी