एजेन्सी,साउन १३।
डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याक गर्न रिपब्लिकनका राष्ट्रपति उम्मेदवार डोनाल्डा ट्रम्पले रुससँग आग्रह गर्नु भएको छ ।
ट्रम्पले विदेशी शक्तिलाई क्लिन्टनको इमेल ह्याक गर्न उक्साइ रहेको क्लिन्टनको प्रचार अभियानका प्रवक्ता जेक सुलिवानले जानकारी दिएको बिबिसीले जनाएको छ ।
अमेरिकाको संघीय जाँच आयोग एफबिआइले क्लिन्टन विदेश मन्त्री रहेका बेला सरकारी प्रयोजनका लागि ३० हजार व्यक्तिगत इमेल प्रयोग गरेको विषयमा अनुसन्धान गरेको थियो ।क्लिन्टनले आफ्ना सो इमेल अनुसन्धानकर्तालाई उपलब्ध गराउनुभएको छैन ।
ट्रम्पले रुसले ह्याक गरेर प्राप्त गरेको इमेल सञ्चारमाध्यमर्मा दिनेमा आफू आशावादी रहेको बताउनु भएको छ । अमेरिकाको इतिहासमा राष्ट्रपति पदका उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीको जासुसी गर्न विदेशी शक्तिलाई आग्रह गरेको यो पहिलो पटक हो ।
हिलारी क्लिन्टनले भने डोनाल्ड ट्रम्पले अमेरिकाको सुरक्षामा खतरा निम्त्याएको आरोप लगाउनुभएको छ । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ ।