टर्कीका १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध

टर्कीका १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी ,१३ साउन ।

सैनिक ‘कु’ को प्रयासलाई समर्थन गरेको आरोपमा टर्की सरकारले १ सय ३१ वटा सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ ।

साथै सरकारले ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश दिएको छ भने ४२ जनाविरुद्ध वारेन्ट जारी गरेको छ ।

बन्द हुने सन्चारमाध्यममा समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक रहेका छन् ।

गत जुलाई १५ मा भएको कु मा संलग्न भएको आरोपमा तीन वटा समाचार संस्था, १६ वटा टेलिभिजन, ४५ वटा दैनिक पत्रिका तथा १५ म्यागजिन बन्द भएका छन् ।

यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द गरिएको छ । बन्द गरिएका सबै सञ्चारमाध्यम अमेरिकासहित पश्चिमा राष्ट्रबाट प्रभावित वा समर्थित रहेको बताइएको छ ।

यस्तै १६ सय ८४ जना सैनिक अधिकारीलाई सरकारले पदमुक्त गरेको छ । जसमा १ सय ४९ जना जनरलसहितका उच्च अधिकारी छन् ।

सरकारले दुई हप्ता अगाडि भएको सैनिक कु को असफल प्रयासमा अमेरिकामा बस्दै आएका धर्म गुरु फतहुल्लाह गुलेनको हात रहेको आरोप लगाउँदै आएको छ ।

गुलेनले भने सैन्य कु मा आफ्नो संलग्न नरहेको बताउने गरेका छन् । सत्ता कब्जाको प्रयासका क्रममा कम्तिमा २ सय ४६ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी