काठमाण्डौ ,१२ साउन ।
अबिरल बर्षाका कारण मुलुकका विभिन्न स्थानमा खसेको पहिरोमा परि थप १० जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् ।
बाग्लुङ, अर्घाखाँची ,प्युठान र पर्बतमा खसेको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।
बागलुङमा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । राजकुत –७ की शुसिला तामाङको घर भत्कीदा उनकी छोरी ८ बर्षिय दुही र २२ बर्षिय भतिजी डिकीको मृत्यु भएको हो ।
दर्लिङ ४ मा हर्कबहादुर बुढा मगरको घर पहिरोले पुर्दा उनकी १८ बर्षिय छोरी यमुनाको मृत्यु भएको छ । ४१ बर्षकी देवी बुढा मगर र ८ बर्षका छोरा सन्देश बेपत्ता छन् । त्यस्तै दर्लिङ ९ मा गोठ भत्केर ७८ बर्षिय लट्टे पुनको मृत्यु भएको छ ।
यस्तै , प्यूठान फोप्ली ६ सिममा पहिरोले घर बगाउँदा थप तीन जनाको मृत्य भएको छ भने चार जना वेपत्ता भएका छन् ।पहिरोले चार घर बगाएको छ ।
मृत्यु हुनेहरुमा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती रहेका छन् । अविरल वर्षासँगै प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
हरिबहादुर केसी र उनकी श्रीमती, नरबहादुर बुढाथोकी र उनकी श्रीमती पहिरोमा परी वेपत्ता भएको प्रहरीले जनाएको छ । यो सँगै पहिरामा परी वेपत्ता हुनेको संख्या २४ पुगेको छ ।
उता, पर्वतको मल्लाज गाविस – ३ पारीबेनीस्थित कपास उद्योगमा झरेको पहिरोले पुरिदा १२ बर्षिया अंकिता तामाङको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर गम्भिर घाईते भएकी तामाङको उपचारका लागी पोखरा लैजाने क्रममा बाटोमै मृ्त्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी अन्य ५ जना घाईते भएका छन् ।
उता अर्घाखाँचीमने ठाडा गाबिसमा पहिरोले घर बगाउदा १७ बर्षिय शारदा घर्तीको मृत्यु भएको छ । यस्तै सिद्धारा गाबिस ६ दुम्सीमा खसेको पहिरोले बगाउदा मानकुमारी आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै झापामा पहिरोमा परी दुइ जनाको मृत्यु भएको छ।