हिलारी अमेरीकाको पहिलो महिला राष्ट्रपतिको उम्मेद्धार

हिलारी अमेरीकाको पहिलो महिला राष्ट्रपतिको उम्मेद्धार

  • बुधबार, साउन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी ,१२ साउन ।

अमेरिकाको डेमोक्रेटिक पार्टीले आसन्न राष्ट्रिपतिय निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हिलारी क्लिन्टनलाई उम्मेद्वार घोषणा गरेको छ ।

डेमोक्रेटिकको फिलाडेल्फियामा सम्पन्न राष्ट्रिय सम्मेलनमा क्लिन्टनले २३ सय ८२ जना प्रतिनिधिको समर्थन पाएपछि राष्ट्रिय सम्मेलनले क्लिन्टनलाई औपचारिक रुपमा उम्मेद्वारको रुपमा अघि सारिएको हो ।

अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार घोषणा गरिएको यो पहिलो पटक हो ।

अगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा हिलारीको बिपक्षमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको उम्मेद्वारी यसअघि नै घोषणा भईसकेको छ ।

राष्ट्रिय सम्मेलनको पहिलो दिन पार्टीका समकक्षी वर्नी सेन्र्डस्का समर्थकले हिलारीको उम्मेद्वारीको बिरोध गरेपनि शीर्ष नेताको पहलमा बिरोध शाम्य भएको थियो ।
यसअघि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकालागि क्लिनटनका प्रतिद्धन्दी सेन्र्डस्ले समेत पछिल्लो समय उनलाई समर्थन गरेपछि क्लिनटनको उम्मेदवारीमा सर्वसम्मत जुटेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी