काठमाडौं, साउन १२ ।
भारतको आसाम र अरुणञ्चल प्रदेशमा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ , भने सयौ बेपत्ता भएका छन् ।
आसामको ब्रम्हपुत्र नदीमा आएको बाढीका कारण १९ जिल्लाका २६ सय ५३ गाउँ डुबानमा पर्दा १७ लाख मानिस प्रभावित बनेका छन् ।
बेपत्ताको खोजी र उद्दारका लागि सेना परिचालन गरिएको छ ।
आसामको ब्रम्हपुत्र नदीको सतह २१ मिटरले बढेर जमिन कटान गर्दै बाढी बस्तीमा प्रवेश गर्दा लाखौं प्रभावित भएका हुन् ।
आसामको काजिरंगा राष्ट्रिय पार्क पनि बाढीको चेपटामा पर्दा त्यहा रहेका जनावार मारिएका छन् भने बाचेकालाई उद्धार गरी अन्यत्र सारीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline