बिबाह गर्ने योजना सहित भारतकी शर्मिलाले १६ वर्षपछि भोक हडताल तोड्दै

बिबाह गर्ने योजना सहित भारतकी शर्मिलाले १६ वर्षपछि भोक हडताल तोड्दै

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं ,११ साउन।
भारतको मणिपुर राज्यकी इरोम शर्मिलाले १६ बर्षपछि भोक हडताल तोड्ने भएकी छन् ।

सशस्त्र बल विशेष अधिकार अधिनियम (अफ्सपा) विरुद्ध सन् २००० नोभेम्बरदेखि भोक हड्ताल बसिरहेकी शर्मिलाले आगमी अगष्ट ९ मा हडताल तोड्ने जनाएकी छन् ।

भोकडहडताल तोडेलगत्तै उनले मणिपुर विधानसभामा चुनाव लड्ने जनाएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

उनले राजनीतिक दलले आफ्नो माग नठाएकाले अब आमरण अनसन स्थगित गरेर २०१७ को विधानसभा चुनावको तयारी गर्ने निर्णयमा आफु पुगेको अदालतलाई बताएकी छन् ।

‘अदालतमा अगष्ट ९ मा हुने पेशीका क्रममा आमरण अनसन अन्त्य गन उनको तयारी छ ।

४४ वर्षकी शर्मिला अर्को वर्ष चुनाव लड्नुका साथै विवाह गर्ने योजना पनि बनाएकी छन् ।

मणिपुरमा १९५८ देखि आफ्सपा लागू भएको छ, जसले सशस्त्र बललाई विशेष अधिकार दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी