एजेन्सी,साउन ९।
अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेकोे संख्या ८० पुगेको छ । २ सय जना ३० घाइते भएका छन् । आक्रमणको जिम्मा इस्लामिक स्टेट आइएसले लिएको छ ।
हिजो हजारा अल्पसंख्यक समुदायले विद्युत लाइनको रुट परिवर्तन गर्न माग गर्दै गरेको विरोध प्रदर्शनका क्रममा आत्मघाती विस्फोट भएको बिबिसीले जनाएको छ ।
तालिवानका प्रवक्ता जविउल्लाह मुजाहिदले उक्त घटना आफूहरुले नगरेको भन्दै घटनाको निन्दा गरेको छ ।
तुर्कि्मिनिस्तानबाट काबुल ल्याउन लागेको ५ सय किलो भोल्टको ट्रान्समिसन लाइन बामयान र वारडक प्रान्त भएर ल्याउन नहुने भन्दै हजारा समुदायले प्रदर्शन गरिरहेका थिए । ती प्रान्तमा हजारा समुदायको बसोबास धेरै रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline