‘आइएस’लाई ४८ घण्टे अल्टिमेटम

‘आइएस’लाई ४८ घण्टे अल्टिमेटम

  • शुक्रबार, साउन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

सिरिया, साउन ७ ।
अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स एसडिएफले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट आइएसलाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।

अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएसविरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो । एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएसविरुद्ध अभियान चलाएको छ ।

गत मंगलबार मानबिजमा हवाई आक्रमणका क्रममा कम्तिमा ५६ जना सर्वसाधारणको मृत्यु भएपछि एसडिएफले आइएसलाई त्यो ठाउँ छोड्न अल्टिमेटम दिएको हो ।

हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि छन् । सर्वसाधारण नागरिकको सुरक्षा र भौतिक सम्पत्तिको नोक्सानी रोक्नका लागि यस्तो आग्रह गरिएको एसडिएफले जनाएको छ ।

४८ घण्टाभित्र आइएसका लडाकुले मानबिज छोडे उनीहरुलाई केही नगरिने एसडिएफले जनाएको छ । आइएसले मानबिजमा नागरिकलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरेकाले एसडिएफको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी