एजेन्सी ५ साउन ।
रिपब्लिकन पार्टीले अमेरिकाको राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने औपचारिक रुपमा घोषणा गरेको छ ।
आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्टपति पदका लागि ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।
पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बन्ने दौडमा रहेका अरु १६ जनालाई पछि पार्दै ट्रम्पले यो सफलता पाएका हुन् । इन्डियानका गभर्नर भने माइक पेन्स भने उपराष्टपतिका उम्मेदवार हुनेछन् ।
विभिन्न राज्यबाट सम्मेलनमा प्रतिनिधित्व गरिरहेका प्रतिनिधिहरुले दिएको समर्थनका आधारमा ट्रम्पलाई उम्मेद्वार बनाउने औपचारिक घोषणा गरिएको हो ।
विभिन्न मुद्दामा उनले अभिव्यक्त गरेका विचारका कारण पार्टीका थुप्रै वरिष्ठ नेताहरुले उनको आलोचना गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline