एजेन्सी ,४ साउन ।
अमेरिकाका भावि राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पकी श्रीमति मेलानियाले मिसेल ओबामाको भाषण चोरी गरेको आरोप लागेको छ ।
रिपब्लिक पार्टीको राष्ट्रिय सम्मेलनलाई मेलानियाले गरेको सम्बोधन पछि उनलाई बौद्धिक चोरी गरेको आरोप लागेको हो ।
मेलानियाले गरेको सम्बोधनका कतिपय अंश सन् २००८ मा बर्तमान राष्ट्रपति बराक ओबामाकी श्रीमति मिसेलले गरेको सम्बोधनसँग हुँबहु मिलेको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पको पक्षमा भएको अभियानमा पहिलो पटक सम्बोधन गरेकी मेलानियालाई एउटा सञ्चार टोलीले सम्बोधन तयार पार्न सहयोग गरेको जनाईएको छ ।
ट्रम्पका सञ्चार सल्लाहकार जासोन मिलरले भने मेलानियाको जीवनबाट प्रभावित भएर सम्बोधन लेखिएको भन्दै यसले मेलानियाकै सोचलाई प्रतिबिम्बित गर्ने दाबी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline