अमेरिकाको लुइजियानामा तीन प्रहरी अधिकारीको गोली हानी हत्या

अमेरिकाको लुइजियानामा तीन प्रहरी अधिकारीको गोली हानी हत्या

  • सोमवार, साउन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ३ साउन ।  

अमेरिकाको लुइजियानामा तीन प्रहरी अधिकारीको गोली हानी हत्या गरिएको छ । लुइजियाना राज्यको राजधानी बाटन रुजमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

घटनामा अन्य तीन प्रहरी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अन्धाधुन्ध गोली चलाउने आक्रमणकारी प्रहरी कारबाहीका क्रममा मारिएको बिबीसीले जनाएको छ ।

राष्ट्रपति बाराक ओबामाले घटनाको निन्दा गर्दै प्रहरी अधिकारीमाथिको आक्रमण निकै कायर रहेको बताउनु भएको छ । प्रहरीमाथि भइरहेका आक्रमणलाई कुनै पनि हालतमा तर्कसंगत मान्न नसकिने उहाँको भनाई छ ।

केही समयअघि लुइजियानामा एक अश्वेत व्यक्तिको प्रहरीको गोली लागेर ज्यान गएपछि अमेरिकाभर विरोध प्रदर्शन भएको थियो । त्यसपछि घटनाको बिरोधमा डलासमा एक अश्वेत व्यक्तिले पाँच प्रहरी अधिकारीको हत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी