टर्कीमा सैन्य ‘कु’ असफल , सेनामा शुद्धिकरणको खाँचो : राष्ट्रपति

टर्कीमा सैन्य ‘कु’ असफल , सेनामा शुद्धिकरणको खाँचो : राष्ट्रपति

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी , १ साउन ।
टर्कीमा सेनाको एक समुहले गरेको कु को प्रयास असफल भएको छ । टर्कीका राष्ट्रपति रिसेप टाइप एर्दोआनले सेनाले गरेको ‘कु’ असफल भएको दाबी गर्नु भएको छ ।

राजधानी इस्थानबुलमा समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति एद्र्रोआनले सेनाको एक समूले गरेको सत्ता नियन्त्रणको प्रयास असफल भएको दाबी गर्नु भएको हो ।

सेनाप्रमुखलाई बन्धक बनाई एक समुहले आज बिहान सत्ता आफ्नो नियन्त्रणमा लिएको दावी गरेको थियो । सेनाको सो समुहले राष्ट्रिय टेलिभिजनमा वक्तव्य जारी गर्दै सत्ता आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो ।

पिस काउन्सिलको नाममा सेनाको समूहले गरेको कु को प्रयासलाई राजद्रोहको संज्ञा दिदै उहाँले सेनामा शुद्धिकरणको खाँचो रहेको बताउनुभयो । प्रधानमन्त्री बिनाली यिल्दुरमले स्थिति लगभग नियन्त्रणमा आएको बताउनुभएको छ ।

यद्यपी अहिलेपनि केही मुख्य शहरमा गोली हानाहान भइरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उहाँले ‘कु’ मा संलग्न सेनाको समूहले प्रयोग गरेको विमान आक्रमण गरी खसाल्न निर्देशन दिनुभएको छ ।

सेनाले सत्ता नियन्त्रणमा लिएपछि विभिन्न स्थानमा कर्फयू लगाएको छ भने इस्तानबुल र अंकाराको सबै विमानस्थलहरु बन्द गरेका छन् । इस्तानबुलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु समेत रद्द गरिएका छन् ।

16072016122455t-1000x0

बख्तरबन्द गाडीहरु संसदबाहिर तैनाथ गरिएको जनाएको छ भने सैन्य हेलिकप्टरले देशको राष्ट्रिय टेलिभिजनको भवनमा गोलाबारी समेत गरेको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

कूपछि राजधानी अंकारामा भएको भिडन्तका क्रममा १७ प्रहरीसहित कम्तीमा ६० जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

कु’ गर्ने सेनाको समूहले बन्धक बनाएका टर्कीस सेनाका प्रमुख जनरल हुलुसी अकार रिहा हुन भएको छ । प्रधानमन्त्री यिल्दुरमले उमित डुनडरलाई सेनाको कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको छ ।

यसैबिच इस्थानबुलको बासपोरस पुल नियन्त्रणमा लिएका ‘कु’ मा संलग्न सेनाको एक समूहले आत्मसमर्पण गरेको छ । उनीहरुले प्रहरी सामु आत्म समर्पण गरेको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

सैनिक ‘कु’ को संयुक्त राष्ट्रसंघसहित विश्वका विभिन्न देशले विरोध गरेका छन् । राष्ट्रसंघका महासचिव बान कि मुनले सैनिक हस्तक्षेप अस्वीकार्य हुने बताउनुभयो । अमेरिकाले प्रजातान्त्रिक रुपमा निर्वा्चित एर्डोगानको सरकारलाई आफ्नो समर्थन रहेको जनाएको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले एर्दोआनलाई टेलिफोन गरेर आफूहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ । कु’ मा संलग्न सात सय ५४ सैनिकलाई पक्राउ गरिएको बिबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी