टर्कीमा सैनिक कु, ४२ जनाको मृत्यु

टर्कीमा सैनिक कु, ४२ जनाको मृत्यु

उडान देखि सामाजिक सन्जालमा समेत प्रतिबन्ध

  • शनिबार, साउन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी ,१ साउन ।
टर्कीमा सेनाको एक समुहले कु गरेर सत्ता आफ्नो नियन्त्रणमा लिएको छ । राष्ट्रिय टेलिभिजन मार्फत वक्तव्य जारी गर्दै सेनाले मुलुकमा सैन्य कु को घोषणा गरेको हो ।

सेनाले मुलुकमा सैनिक शासन लागू गरेको घोषणा गरेको छ भने विभिन्न स्थानमा कर्फयू लगाएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन् ।

कूपछि राजधानी अंकारामा भएको भिडन्तका क्रममा कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारसहित सैनिक परिचालन गरिएको छ । सैनिक कू कुन तहका सैनिकले गरेको भन्नेबारे अहिलेसम्म प्रष्ट भएको छैन ।

बिद्रोही सैनिकको समूहले कुको विपक्षमा रहेका सैनिक जर्नेललाई समेत नियन्त्रणमा लिएर सेनाको कमाण्ड आफ्नो हातमा लिएको बइताएको छ ।

यस्तै सेनाले सत्ता नियन्त्रणमा लिएपछि विभिन्न स्थानमा कर्फयू लगाएको छ भने इस्तानबुल र अंकाराको सबै विमानस्थलहरु बन्द गरेका छन् । इस्तानबुलबाट हुने अन्तर्राष्ट्रिय उडानहरु समेत रद्द गरिएका छन् ।

बख्तरबन्द गाडीहरु संसदबाहिर तैनाथ गरिएको जनाएको छ भने सैन्य हेलिकप्टरले देशको राष्ट्रिय टेलिभिजनको भवनमा गोलाबारी समेत गरेको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

यसैबीच सेनाले कु गरेपछि टर्कीमा सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लागेको छ । फेसबुक, ट्वीटर तथा युट्युब लगायतका सन्जाल खुलेका छैनन् ।

सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिए लगतै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हुन सक्ने बेलायती पत्रिका द गार्डियनको अनलाइन संस्करणले उल्लेख गरेको छ । सेनाले भने सामाजिक सञ्जालमा प्रतिबन्ध लगाए नलगाएको बारेमा केही बताएको छैन ।

यसैबीच छुट्टीमा रहेका राष्ट्रपति रिजेप तय्यीप एर्दोआनले आफू इस्तानबुल फर्किनसाथ सेनाको कु विफल पार्ने बताउनु भयो । उहाले भिडियो कन्फरेन्समार्फत लोकतन्त्र बचाउन नागरिकलाई सडकमा आउन समेत आग्रह गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री बिनाली युल्दरमले सेनाको कदमप्रति निन्दा गर्दै सत्तामाथि अहिलेसम्म पनि सरकारकै नियन्त्रण रहेको दावी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी