फ्रान्सको नीस शहरमा लरीले किचेर ७५ जनाको मृत्यु

फ्रान्सको नीस शहरमा लरीले किचेर ७५ जनाको मृत्यु

  • शुक्रबार, असार ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ३१ असार । फ्रान्सको नीस शहरमा लरीले किचेर ७५ जनाको मृत्यु भएको छ । राष्ट्रिय दिवस बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा भएको घटनामा अन्य थुप्रै मानिस घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । लरीलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

france 2

लरीमा ग्रिनेड तथा बन्दुक समेत फेला परेकाले घटना नियोजित भएको हुनसक्ने आशंका गरिएको छ । घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले आपतकालीन बैठक बोलाउनु भएको छ ।

गतवर्ष राजधानी पेरिसमा विद्रोही संगठन आइएसले गरेको आक्रमणमा १ सय ३० जनाको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी