बेलायतको नयाँ प्रधानमन्त्री बनिन् थेरेसा मे , सबै नागरिकका लागी काम गर्ने प्रतिक्रिया

बेलायतको नयाँ प्रधानमन्त्री बनिन् थेरेसा मे , सबै नागरिकका लागी काम गर्ने प्रतिक्रिया

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी , ३० असार ।

डेबिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि बेलायतको नयाँ प्रधानमन्त्रीमा थेरेसा मे बन्नुभएको छ । ५९ वर्षकी थेरेसा मे, मारग्रेट थेचरपछि बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला हुनुहुन्छ ।
कन्जरभेटिभ पार्टीकी नेता मे सन् १९९७ देखि लगातार बेलायती संसदको सदस्य रहनुभएको छ । नयाँ प्रधानमन्त्री बने लगत्तै मे ले मेले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आफ्नो सरकार केही विशेष व्यक्तिका लागि नभएर सबै नागरिकका लागि भएको बताउनुभयो । बेलायतका सबै क्षेत्र र नागरिकको साथ लिएर आफू अघि बढ्ने उहाँको भनाई छ ।

उहाँले विभिन्न वर्गा, युवालाई गरिने विभेद, रंग भेद तथा लिंग भेदका विरुद्ध एक भएर लड्ने दाबी गर्नुभयो । मेले प्रधानमन्त्री बने लगतै मन्त्रिपरिषदमा रहने मन्त्रीहरुको चयन पनि गर्नुभएको छ ।

इयुबाट बाहिरिने पक्षमा प्रचारप्रसार गरेका बोरिस जोनसन विदेश मन्त्रीमा नियुक्त हुनुभएको छ ।

क्यामरुनको सरकारमा विदेश मन्त्री रहेका फिलिप ह्यामण्ड वित्त मन्त्री बन्नुभएको छ । यस्तै पूर्व उर्जा मन्त्री एम्बर रुड्ड गृह मन्त्री बन्नुभएको छ । यस्तै डेविस ब्रेक्सिट मन्त्री बन्नुभएको छ ।

मे प्रधामन्त्री बन्नुभन्दा अघि क्यामरुनले महारानी समक्ष राजीनामा बुझाउनु भएको थियो । बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले राजिनामा दिनुभएको हो ।

पद छोड्नु अघि क्यामरुनले ६ वर्षअघि आफू प्रधानमन्त्री बन्दा बेलायत जस्तो अवस्थामा थियो आफूले त्यो भन्दा राम्रो बलियो बनाएर छोडेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी