दक्षिण सुडानमा युद्धविराम

दक्षिण सुडानमा युद्धविराम

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी,असार २८।
दक्षिण सुडानमा युद्धविरामको घोषणा गरिएको छ । दक्षिण सुडानको जुबामा केही दिनदेखि चलिरहेको हिंसात्मक झडपपछि राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचारले युद्धविरामको घोषणा गर्नु भएको हो।

राजधानी जुबामा राष्ट्रपति किर र उपराष्ट्रपति मचारको पक्षमा रहेका सैनिकबिच गएको बिहीबारदेखि झडप भएको थियो ।

त्यसक्रममा दुई सय जना भन्दा धेरैको मृत्यु भएको थियो। झडपको क्रममा ठूलो मात्रमा तोप, ट्यांक तथा हेलिकप्टरको पनि प्रयोग भएको थियो ।

हिंसा भड्किँदै गएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले दुवै पक्षलाई लडाइँ रोक्न आह्वान गरेको थियो ।
सुरक्षा परिषदले पछिल्लो संघर्षले लाखौं नागरिकको सुरक्षामा खतरा रहेको भन्दै निन्दा गरेको थियो । सुरक्षा परिषदले दक्षिण सुडानमा शान्ति सेना पठाउने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी