एजेन्सी,असार २७।
भारतको कश्मिरमा प्रहरी र प्रदर्शनकारी बीच भएको झडपमा २३ जनाको मृत्यु भएको छ। झडपमा धेरै घाइते भएका छन् ।
प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि भएको प्रदर्शन हिंसात्मक बन्दा यो झडप भएको हो ।
प्रदेश सरकारले शान्ति कायम राख्न गरेको अपिल काश्मिरबासीले बेवास्ता गरेका छन् । सरकारले शान्तिको अपिल गरे पनि विभिन्न ११ जिल्लामा कर्फ्यु कायमै छ। अझै कर्फ्यु लम्बिएको अवस्थामा भने समस्या आउने भारतीय संचार माध्यमले जनाएका छन् ।
केन्द्र सरकारले हिजो करिब दुई हजार अतिरिक्त सुरक्षाबल काश्मिर पठाएको थियो । उनीहरुलाई प्रदर्शनकारी बाहुल क्षेत्रमा परिचालन गरिएको छ ।
प्रदेश सरकारले कर्फ्यु सँगै इन्टरनेट र फोन सेवा समेत अवरुद्ध पारेको छ भने अरु राज्यबाट आउने जाने रेल सेवा पनि रोक लगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline