एजेन्सी , २६ असार ।
अमेरिकामा अफ्रिकन मुलका व्यक्तिको हत्या भएपछि सुरु आन्दोलन थप चर्किएको छ ।
अमेरिकाका सबैजसो शहरमा बिरोध प्रदर्शन भइरहेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । मिनेसोटामा सडकहरु अवरुद्ध गरिएको छ ।
पछिल्लो पटक प्रहरीले मिनेसोटा र लुजियानामा अफ्रिकन मुलका दुई व्यक्तिको हत्या गरेपछि आन्दोलन चर्किएको हो । प्रदर्शनका क्रममा अस्ती शुक्रबार ५ प्रहरीको हत्या भएको टेक्सासस्थित डालसमा पनि अवस्था तनावपूर्ण छ ।
प्रहरी मुख्यालयमा आक्रमणको धम्कीपछि सुरक्षा सतर्कता बढाइएको छ । न्यु ब्ल्याक प्यान्थर पार्टिका सदस्यहरुले लुजियानामा प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।
शान्तिपूर्र्ण याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौंलाई पक्राउ गरेको विविसीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline