कास्मीरको हिंशामा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

कास्मीरको हिंशामा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

पाकिस्तानद्धारा घटनाको निन्दा

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी,असार २६।   भारत प्रशासित कास्मीरमा भएको हिशामा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । अन्य कैयौ घाईते छन् ।
कास्मीरका मुख्य मन्त्री महबुबा मुस्ताफीले प्रहरीले आवस्यकता भन्दा धेरै बल प्रयोग गरेको स्वीकारेका छन् । तर प्रहरीले प्रदर्शनकारी उग्र भएकाले बल प्रयोग भएको जिकिर गरेको छ ।
पाकिस्तान सरकारले समेत कास्मीरका मुसलमान समुदाय प्रति दमन भएकोमा निन्दा गरेको छ ।
प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि भएको प्रदर्शन हिंसात्मक बन्दा यो झडप भएको हो ।

प्रदर्शन व्यापक हुनसक्ने आशंकामा अधिकारीहरुले इन्टरनेट र फोन सेवामा अस्थायी रुपमा रोक लगाएको छ भने अरु राज्यबाट आउने जाने रेल सेवा पनि रोकिएको छ ।

संवेदनशील क्षेत्रमा कफ्र्यू आदेश जारी गर्नुका साथै पृथकतावादी नेताको घरको घेराबन्दी गरिएको छ । वानीको गृह नगरमा भने भारत विरोधी नारा लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी