अमेरिकामा प्रदर्शनका क्रममा प्रहरीमाथि गोली प्रहार, चारको मृत्यु

अमेरिकामा प्रदर्शनका क्रममा प्रहरीमाथि गोली प्रहार, चारको मृत्यु

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी २४ असार  ।
अमेरिकाको डलासमा एक विरोध प्रदर्शनका क्रममा बन्दुकधारीले चार प्रहरी अधिकारीलाई गोली हानेर हत्या गरेका छन् ।

घटनामा अन्य प्रहरी अधिकारी पनि घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले दुई काला व्यक्तिलाई गोली हानेको विरोधमा यो प्रदर्शन भएको थियो । घटनापछि एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ भने अर्काले आत्मसमर्पण गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा अचानक गोली चलेपछि भागदौड मच्चिएको थियो । मिनेसोटामा प्रहरीले काला व्यक्तिलाई गोली हानेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा बहस चर्किएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी