एजेन्सी, असार २४ ।
इराकको राजधानी बग्दादमा आत्मघाती बम आक्रमणबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
बग्दादको उत्तरी सिया मस्जिदमा भएको आत्मघाती बम आक्रमणबाट अन्य धेरै मानिस घाइते भएका छन् ।
मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन मस्जिदमा भेला भएकाहरु माझ बम आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बलाद शहरमा रहेको मस्जिदमा आक्रमणकारीले बम विफोस्ट गरे लगत्तै इद मनाइरहेका मानिसहरु माथि गोली चलाएको अधिकारीहरुले बताएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline