एजेन्सी ,२३ असार ।
अर्जेन्टिनाका संघिय अदालतले बिदेशी मुद्राको कारोबारमा अनियमिता गरेको अभियोगमा पूर्व राष्ट्रपति कृष्टिना फर्नान्डेजको सम्पति रोक्का गर्न आदेश दिएको छ ।
आफ्नो कार्यकालको अन्तिम महिनामा बिदेशी मुद्राको कारोवारमा अनियमिता गरेको भन्दै राजधानी बईनोस् आईरिसस्थीत संघिय अदालतले कृष्टिनाको रकम रोक्का गर्न आदेश जारी गरेको हो ।
उहाले भने आफुमाथि लागेको आरोपको खण्डन गर्दै वर्तमान राष्ट्रपति माउरो सियोमार्किले आफुलाई फसाएको आरोप लगाउनु भएको छ ।
आज पत्रकार सम्मेलन गरि न्यायिक निर्णय नै हास्यास्पद भएको बताउनु भयो । फर्नान्डेजले केन्द्रिय बैंकमा अमेरीकी डलरको लेनदेनमा दुरुपयोग गरेको गत मे मा आरोप लगाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline