सिरीयामा ७२ घण्टा एकतर्फी युद्ध विरामको घोषणा

सिरीयामा ७२ घण्टा एकतर्फी युद्ध विरामको घोषणा

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी असार २३।

सिरीयाली सरकारले इदको अवसरमा ७२ घण्टाका लािग एकतर्फी युद्ध विरामको घोषणा गरेको छ ।

मुस्लिमहरुको पवित्र धार्मिक चाड ईदका अवसरमा सिरियाली सेनाले शुक्रबार मध्यरात सम्म लागु हुने गरी एकतर्फी युद्ध विरामको घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारले युद्धविरामको घोषणा गरे पछि विभिन्न विद्रोही समूहहरुले पनि समर्थन जनाएका छन् ।

केहिसमय विद्रोहीको नियन्त्रणमा रहेको होम्स शहर अहिले भने धेरै जसो क्षेत्रमा सरकारी सेनाले नियन्त्रणमा लिएको छ ।

यसअघि राष्ट्रपति बसर अल असदले युद्धबाट भग्नावशेषमा परिणत भएको होम्स शहरमा सार्वजनिक रुपमा नमाज पढेको देखाइएको विविसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्री जोन केरीले पनि अस्थायी युद्धविरामको स्वागत गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी