आइएसको आक्रमणमा मारिएकाहरुको सम्झनामा इराकमा राष्ट्रिय शोक

आइएसको आक्रमणमा मारिएकाहरुको सम्झनामा इराकमा राष्ट्रिय शोक

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, असार २० ।

इराक सरकारले बग्दाद आक्रमणमा मारिएकाहरुको सम्झनामा तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

इस्लामिक अतिवादी समूह आईएसले श्रृंखलावद्ध रुपमा विष्फोट गराएको क्षेत्रको अवलोकन गरेपछि प्रधानमन्त्री हैदर अल अवादीले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको हो ।

आतंकवादी आक्रमणमा परी १२५ जना मानिसको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

रमादान सकिएको अवसरमा बजारमा किनमेल गर्न गएका समयमा राजधानी बग्दादमा आइएसले श्रृंखलाबद्ध बिस्फोट गराएका हुन् ।

मारिनेमा १५ जना बालबालिका र ६ जना प्रहरी परेका छन् । इराकी सेनाले फलुजा शहर आइएसको नियन्त्रणबाट बाहिर ल्याएपछि आइएसले गरेको यो दोश्रो ठूलो आक्रमण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी