इराकको बगदादमा कार बम आक्रमण ,७९ जनाको मृत्यु ,१३३ घाईते

इराकको बगदादमा कार बम आक्रमण ,७९ जनाको मृत्यु ,१३३ घाईते

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी ,१९ असार ।

इराकको राजधानी बगदादमा आज भएको कार बम आक्रमणमा कम्तिमा पनि ७९ जनाको मृत्यु भएको छ । घटनामा १३३ जना घाईते भएका छन् ।

बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा भएको यो भयानक आक्रमण रमदानको ब्रत सकेर सडकमा निस्केको समयमा भएको हो । एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो ।

सयौं मानिसहरु रमदानको बिदाको समयमा किनमेल गर्नका लागि इराकको कर्रादा स्थित ब्यस्त सपिकङ केन्द्रमा निस्केको बेला यो ठूलो आक्रमण भएको हो ।

यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएपनि आधिकारिक रुपमा पुष्टि हुन नसकेको अन्तरर्माष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । बम आक्रमणपछि घटनास्थलमा लाशको चाङ लागेको छ भने सपिङ सेन्टर पनि छियाछिया भएको छ ।

_90272557_b18e3071-a6aa-4d4e-ab86-308f41660811

यस्तै आजै बगदादको पूर्वी क्षेत्रमा भएको अर्को बम विस्फोटनमा परेर १६ जना मानिस मारिएका छन् ।

बगदादबाट ४० माइल पश्चिमको फल्लुजाह सहरलाई इराकी फौजले आफ्नो कब्जामा लिएपछि यो आक्रमण भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी