एजेन्सी १८ असार ।
बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आतंकवादी आक्रमणमा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । आतंकवादीहरुले केही मानिसलाई बन्धकसमेत बनाएका छन् ।
ढाकाको गुलशन क्षेत्रस्थित एक क्याफेमा आक्रमण गरी ४० जना विदेशीलाई क्याफेभित्रै बन्धक बनाइएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
बन्धक बनाएका मध्ये सात इटालीयन र पाँच जना जापानी नागरिक रहेको जनाएको छ । बन्धक बनाएकाहरुलाई सुरक्षित रुमा निकाल्ने प्रयास भइरहेको बंग्लादेशी विशेष प्रहरी फोर्सले जनाएको छ ।
आक्रमणकारी र प्रहरीबीच गोली हानाहान हुँदा दुई प्रहरी मारिनुका साथै ३० जना घाइते भएको खबर छ । घटनाको जिम्मेवारी इस्लामिक स्टेट आइएसले लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline