भारतीय राठौर दम्पतिमाथि अर्काको फोटो चोरेर आरोहणको दावी गरेको आरोप

भारतीय राठौर दम्पतिमाथि अर्काको फोटो चोरेर आरोहणको दावी गरेको आरोप

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ , १६ असार ।
काठमाडौस्थित मकालु एड्भेन्चर कम्पनीबाट पर्वतारोहण गरेका भारतीय एक दम्पतिमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भारतीय प्रहरीमा कार्यरत दिनेश राठोर र उनकी पत्नी तारर्केश्वरीले सगरमाथा आरोहण गरेको दाबी झुठो भएको भन्दै उनीहरुप्रति प्रहरीले छानबिन सुरु गरेको हो ।

सगरमाथाको सफल आरोण गरेको दावी झुटो भएको आशंकामा त्यहाँको प्रहरीले अनुसन्धान थालेको भारतीय सन्चारमाध्यमले जनाएको छ ।
राठोर दम्पतिले गत जुलाई ५ मा पत्रकार सम्मेलन गरी मे २३ तारिखमा भारतकै प्रथम दम्पतीको रुपमा आफूहरुले सगरमाथाको सफल आरोहण गरेको दावी गरेका थिए । उनीहरुसंग नेपाल पर्यटन बोर्डले दिने पर्वतारोही प्रमाणपत्र समेत रहेको बताईएको छ ।

तर एक भारतीय पर्वतारोहीले सर्वोच्च शिखर आरोहणको क्रममा उनीहरुले आफ्नो फोटो चोरेको दावी गर्दै पुने प्रहरीमा उजुरी दिएपछि विवाद बढेको हो ।

उनीहरुले आरोहणका क्रममा सगरमाथामा खिचेको भनिएको दुई वटा फोटोमा दुई फरक पहिरन लगाएको र पञ्जा समेत फरक रंगको लगाएको भन्दै उनीहरुको पर्वतारोहण बारे छानविन हुनुपर्ने ती पर्वतारोहीले माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी