एजेन्सी,असार १५
टर्कीको राजधानी स्तानबुलमा भएको आत्मघाती बम आक्रमणमा ३६ जनाको मृत्यु भएको छ । युरोपको सबैभन्दा ब्यस्त मानिने स्तानवुलको अतातुर्क विमानस्थलमा भएको सो आक्रमण्ममा परि ९० भन्दा बढी घाइते भएका छन् ।
विमानस्थलको अन्तराष्टिय टर्मिनल नजिकै कलाशनिकोव राइफलको प्रयोग गरेर एक व्यक्तिले आत्मघाती आक्रमण गरेको स्थानीय अधिकारीहरुलई उद्धत गर्दै विविसीले जनाएको छ ।
घटना लगत्तै अतातुर्क विमानस्थलबाट हुने सबै उडान तथा अवतरण रद्ध गरीएको छ भने सर्वसाधारण नागरिकलाई विमानस्थल आसपास नजान आग्रह गरेका छन् ।
घाइतेहरुको एम्बुलेन्स तथा ट्याक्सीमा राखि उपचारको लागि विभिन्न अस्पतालमा लगिएको छ ।
आक्रमणबको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यद्धपि सरकार र कुर्द चरम पन्थीका विच गत साल युद्ध विरामको अन्त्य भए पछि टर्कीमा अहिले सम्म थुप्रै बम आक्रमणहरु भएका छन् ।
अमेरिका विदेश विभागले आफ्ना नागरिकहरु लाइ टर्कीमा सावधानी अपनाउन चेतावनी जारी गरेको छ ।