एजेन्सी ,१२ असार ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले शरणार्थी तथा आप्रवासीको समस्या समाधानका लागि पहल गर्न युरोपसहित अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
शरणार्थी तथा आप्रवासीका लागि युरोपसहित विश्वका सबै देश थप लचक हुने पर्नेमा जोड दिदै महासविच वानले एकीकृत प्रयास गर्न अन्तर्रा्ष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको हो ।
फ्रान्सको राजधानी पेरिसमा बोल्दै महासचिव मुनले शरणार्थी तथा आप्रवासी समस्याको मानवीय समाधान खोज्नका लागि युरोपियन युनियन युइ तथा बेलायतसँग मिलेर काम गर्न राष्ट्रसंघ सदैव तयार रहेको बताउनुभयो ।
उहाँले सबै मिलेर यो समस्याको मानवीय समाधान खोज्नु पर्ने भन्दै बेलायत र इयुले आप्रवासी समस्या समाधानका लागि एकताबद्ध भएर काम गर्नु पर्नेमा जोड दिुनभयो ।
आप्रवासीको सुरक्षा, रोजगार, बालबालिकाको शिक्षा तथा मानवीयताको विकासका लागि उनीहरुको भूमिकालाई केन्द्रमा राखेर सबैले काम गर्नु पर्ने उहाँले बताउनुभयो ।
राष्ट्रसंघ महासचिव मुनले मानवअधिकारको रक्षाका लागि थप काम गर्नु पर्ने अवस्था आएकाले छुट्टै कमिटी बनाउनु पर्नेमा पनि जोड दिनुभयो ।