ईयुबाट चाडै बाहिरिन बेलायतलाई आग्रह , अस्थिरता बढाउन सक्ने चिन्ता

ईयुबाट चाडै बाहिरिन बेलायतलाई आग्रह , अस्थिरता बढाउन सक्ने चिन्ता

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी ,११ असार ।

युरोपियन युनियन इयुका नेताले इयुबाट अलगिन समय लगाए त्यसले अस्थिरता बढाउने भन्दै बेलायतलाई जति सक्दो चाँडो इयु छोड्न आग्रह गरेका छन् ।

160624153656_eu_and_uk_flags_624x351_bbcजनमत संग्रहमा इयु छोड्ने पक्षमा परिणाम आएसँगै इयुका नेताले क्षेत्रीय आर्थिक तथा अरु कुरामा असर परेको भन्दै चाँडो भन्दा चाँडो इयु छाड्न बेलायतसँग आग्रह गरेका हुन् ।

बिहीबार भएको जनमत संहग्रको नतिजा अनुसार इयु छाड्नु पर्ने पक्षमा ५१ दशमलव ९ तथा इयुमा रहने पक्षमा ४८ दशमलव १ प्रतिशत मत खसेको थियो ।

युरोयिन परिषद, संसद तथा आयोग सबैले बेलयतले छिट्टै इयु छाड्ने प्रक्रिया सुरु गर्नु पर्नेमा जोड दिएको बिबिसीले उल्लेख गरेको छ ।छन् । युरोपियन कमिसनका प्रमुख जेन क्लाउडी जन्करले बेलायत बिना बाँकी २७ देशले इयु चलाउने बताउनुभएको छ ।

बेलायत इयुबाट बाहिरिने भएपछि विश्व सेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । विश्वका धेरै स्टक मार्केटको कारोबार घटेकाले थप अस्थिरता आउन नदिनका लागि चाँडो भन्दा चाँडो बेलायतले इयु छोड्नु पर्ने इयु कमिसन प्रमुख जन्करले बताउनुभयो ।
इयुका २७ देशका नेता बिच बेलायतले बाहिरिने पक्षमा गरेको मतदान पछिको अवस्थाका बारेमा छलफल गर्न बुधबार बैठक बस्दैछन् ।
इयुमा रहने पक्षमा रहनु भएका बेलयती प्रधानमन्त्री डेविड क्यामरुनले आउँदो अक्टोबरमा पद छोड्ने घोषणा पनि गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी