बेलायत इयु बाट बाहिरिने पक्का , क्यामरुनले दिए राजीनामा

बेलायत इयु बाट बाहिरिने पक्का , क्यामरुनले दिए राजीनामा

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

 एजेन्सी असार १० । बेलायत युरोपेली संघ इयुबाट बाहिरीने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे बेलायतमा हिजो भएको जनमत संग्रहमा इयु छाड्नुपर्ने पक्षमा बहुमत परेको हो ।

जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले बेलायतलाई ईयुबाट अलग राख्नुपर्ने पक्षमा मत दिएका हुन् । यस्तै ४८ दशमलव एक प्रतिशतले भने इयु छाड्न नहुने पक्षमा मतदान गरेका छन् ।

स्कटल्याण्ड र नर्दन आयरल्याण्डले इयुमा नै रहनु पर्ने पक्षमा नै भारी मतले समर्थन गरेपनि इङ्ग्ल्याण्ड र वेल्स्मा भने इयु छाड्नुपर्ने पक्ष हावी भएको थियो यद्यपी अन्तिम नतिजा आउन भने बाँकी छ ।

britain

मतदानमा ४ करोड ६० लाख भन्दा बढी मतदाता सहभागी भएको बिबिसिले जनाएको छ ।

ब्रिटेन इयुबाट बाहिरिने निर्णय भएपनि यो प्रकिया पूरा हुन न्युनतम दुई वर्ष लाग्नेछ । साथै प्रधानमन्त्रीले लिस्बन सन्धिको धारा ५० मा व्यवस्था अनुसार दुई वर्ष अवधि उपलब्ध गराइएको सदस्यता फिर्ता गर्ने सम्बन्धी प्रावधान कहिलेबाट लागू गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।

धारा ५० को प्रयोग गरिसकेपछि सबै सदस्य राष्ट्रको सहमति बिना पुनः युरोपेली संघमा आवद्ध हुन नपाइने व्यवस्था छ । यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले जनमत संग्रहले निर्णय गरे लगत्तै धारा ५० कार्यान्वयन गर्ने बताउनुभएको थियो ।

इयुबाट बाहिरिनुपर्ने पक्षका अभियन्ताले सन् २०२० मा आगामी आम चुनाव हुने बेलासम्म सो प्रकिया पूरा हुन नहुने बताएका थिए ।

मत परिणाम सार्वजनिक भएसँगै पाउन्ड स्टर्लिङको मुल्यमा भारी गिरावट आएको छ । डलरको तुलनामा पाउन्ड सन् १९८५ यता कै कमजोर बनकोे अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

युरोपेली संघमा २८ युरोपेली देशको आर्थिक एवम् राजनीतिक साझेदारी छ । बेलायत ईयुको सदस्य नरहने पक्षमा मत आएसँगै विश्वभर सेयर बजारमा समेत उथल पुथल आएको छ भने तेलको मूल्यमा पनि भारी गिरावट आएको छ ।

यसैबीच इयुबाट बेलायत बाहिरिने भएपछि प्रधानमन्त्री डेबिड क्यामरुनले राजिनामा दिनुभएको छ । इयुबाट बेलायत बाहिरिने नतिजा सार्वजनिक भएसँगै क्यामरुनले राजिनामा दिनुभएको हो । उहाले तीनमहिनापछि प्रधानमन्त्री पद छाड्ने घोषणा गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी